अपडेटः ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौ लगियो

असोज ११ गते । भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीमाथी चितवनमा आक्रमण भएकोमा उपचारका लागि काठमाडाैं लगिएकाे छ । चितवनमा उनले गर्न लागेको कार्यक्रममा जाने क्रममा उनी माथी आक्रमण भएको हो । अज्ञात समुहले उनी माथी आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

प्रहरीले उनलाई उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचार र सुरक्षाका लागि काठमाडौ पठाईएको जानकारी दिएको छ । उनले नेपालका लागि नेपाली नामक चितवनको चौविसकोठीमा कार्यक्रम गर्न लागेका थिए । शाहीलाई यति एयरलाइन्स मार्फत अपरान्ह ३ः४० बजेका फ्लाईट मार्फत काठमाडौं लगिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *