एनआईसी एशिया बैंकले दियो खातावालाहरुलाई बीमा सुविधा रकम

असोज ८, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तान गरेको छ ।   

बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुब्बा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २५३ रुपैंया भुक्तानी गरेको छ ।   

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैंया, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९सय ३३ रुपैंया, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९ हजार ९ सय ४ रुपैंया भुक्तान गरेको छ ।   

यसैगरी झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८ हजार ७ सय ५० रुपैंया भुक्तानी गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *