सुनको मूल्य आज बढ्यो, प्रतितोला कति पुग्यो ?

२०७६ असोज ५ गते

असोज ५, काठमाडौँ । सुनको मूल्य आज (आइतबार) ३ सय रुपैयाँले बढेको छ ।
शुक्रबार ७१ हजार प्रति तोलामा कारोबार भएको सुन आइतबार ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले नै वृद्धि भएको छ । शुक्रबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतबार ७१ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेर आइतबार ८ सय ६५ पुगेको छ ।

२०७६ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित