एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवनले पठाए यस्तो सन्देश

असोज ९, काठमाडौं । एसिड आक्रमण पीडित वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले भिडियो सन्देश पठाएका छन् ।   

प्रेम प्रस्ताव अस्वीकार गर्दा एक युवकले उनलाई एसिड हानेका थिए । मुस्कान वरुण धवनकी फ्यान हुन् । उनको मनपर्ने बलिउड हिरो हुन् वरुण ।   

वरुणले भिडियो सन्देशमा मुस्कानलाई भनेका छन्, ‘मुस्कान कस्तो छ तिमीलाई ? मुस्कान स्वस्थ भएपछि भेट्न आउनेछु । मलाई विश्वास छ तिमी चाँडै ठिक हुनेछौ । मैँले सुनेको छु, तिमीलाई पढ्न निकै मन लाग्छ । मलाई विश्वास छ आफ्नो पढाइलाई पनि निरन्तरता दिनेछौ ।’ 

भारतीय निर्देशक जुनैद मेमोनले ट्वीटरमार्फत् भिडियो च्याट र सन्देश बारे जानकारी दिएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *