‘संस्था सफल हुन कर्मचारी र प्रशासकविच नङ र मासुको सम्बन्ध हुनुपर्छ’

कुनैपनि संस्था सफल बन्न र बनाउन प्रशासकको भूमिका महत्वपूर्ण हुन्छ । कुशल लिडर भयो भने कर्मचारी सन्तुष्ठ र इमान्दार हुन सक्छन् । २५ वर्षअघि सामान्य सुन पसलबाट शुरु भएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. अहिले विशाल कम्पनीमा रुपान्तरण हुनुमा कुशल प्रशासक र सञ्चालकको ठूलो हात रहेको छ ।   

गंगा कालिकोटे, बराह ग्रुप बराह ज्वेलरीका बरिष्ठ प्रशाशकीय अधिकृत हुन् । १ नंं प्रदेशका धरान शाखामा रहेर गंगा कालिकोटेले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनी कम्पनीका १ नं. प्रदेशका सदस्य सचिब समेत हुन् ।   

संस्था सफल हुन कर्मचारी, प्रशासक मध्ये कसको भूमिका महत्वपूर्ण हुँदो रहेछ ?   

कुनैपनि संस्था सफल हुनका लागि कर्मचारी र प्रशासकविच नङ र मासुको सम्बन्ध हुनुपर्दछ । कर्मचारी जब सुखी र खुसी हुन्छन् अनीमात्र संस्था समृद्धिको बाटोमा आउँछ भन्ने हाम्रो मान्यता हो । एउटा कुशल प्रशासकले कर्मचारीलाई कम्पनीको नियम, अनुशासनमा बाँधेर उनीहरुलाई मोटिभेसन गराउँदै काममा लगाउन सक्नुपर्छ भने, कर्मचारीले पनि आफ्नो कम्पनी प्रति उत्तरदायी हुँदै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्दछ । दुवैको समन्वयमा संस्था सफल हुन्छ ।   

अहिले बराह ज्वेलरी, विजी ग्रुपमा कुनकुन क्षेत्रमा कति कर्मचारी रहेका छन् उनीहरुले कसरी काम गरिरहेका छन् ?   

ब्यवसाय नाफाको लागि गरिन्छ भनिन्छ तर, बराह ज्वेलरीको नामबाट स्थापना भएको यो कम्पनी नाफा मुलक भन्दापनि सेवामुलक भएर अगाडी बढेको छ । अहिले २४ भन्दा बढि युनिटमा बराहले लगानी गरिरहँदा यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा हज्जारौं युवाहरुले रोजगारी पाउनु भएको छ ।   

हाम्रो मूल नारा नै ‘हामी सबैको बराह, आर्थिक उन्नतीको सहारा’ भन्ने छ । त्यहि नारालाई सार्थक बनाउन विभिन्न क्षेत्रमा लगानी गर्ने, बढिभन्दा बढि समुदाय केन्द्रित कामलाई प्राथमिकता दिने गरेका छौं । 

बराहले पछिल्लो समय आफ्नो लगानी विभिन्न क्षेत्रमा डाइभर्ट गर्नुको उद्देश्य के हो ?  

विजी ग्रुप, बराह ज्वेलरी, सहकारी अन्र्तगत बराहले पछिल्ला समय आफुलाई सुनचाँदीको ब्यवसायीक कारोबारमा मात्र सिमित राखेको छैन । यसको मुख्य कारण भनेको स्वदेशमै युवाहरुलाई रोजगारी सृजना गरी उनीहरुलाई आत्मनिर्भर, ब्यवसायमुखी बनाउनु हो । पछिल्ला दिनहरुमा हामीले कृषि क्षेत्रमा केहि गर्न खोजिरहेका छौं । युवाहरुलाई ब्यवसायीक कृषिमा लाग्न प्रेरित गरेका छौं । उद्यमशिलताका लागि बराह बचत तथा ऋण सहकारी मार्फत स–साना ब्यवसाय गर्नेलाई ब्यवसाय कर्जा प्रवाह गरेर प्रोत्साहन गरेका छौं । अहिले विजी ग्रुप अन्र्तगत २४ भन्दा बढि युनिट गठन गरेर यसलाई अगाडी बढाउनुको कारण भनेकै हाम्रो नारा अनुसार अब बराह सबै क्षेत्रमा अगाडी बढ्छ भन्ने नै हो ।   

अबको दिनका बराह कसरी अगाडी बढ्छ ?   

हामीले २५ औं वार्षिक उत्सव मनाईरहँदा अब यसलाई कसरी अगाडी बढाउने केहि ठोस योजनाहरु पनि बनाइरहेका छौं । हामीलाई विस्वास गरेर हाम्रो योजनालाई मुर्तरुप दिनका लागि धेरैले सहकार्य र लगानी गर्नुभएको छ । उहाँहरुको सल्लाह, सुझाव, साथ र सहयोगबाट नै बराह अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *