प्रतिनिधिसभाकाे बैठक सुरू, प्रधानमन्त्रीले ‘लोक सेवा आयोग विधेयक–२०७५’ प्रस्तुत गर्ने (प्रत्यक्ष प्रशारण)

भाद्र २५, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । संघिय संसदको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक–२०७५’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी ‘लोक सेवा आयोग विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।   

त्यस्तै आजको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको ‘राहदानी विधेयक–२०७५’ माथि पुर्नविचार गरियोस्’ र पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।   

हेर्नुहोस प्रत्यक्ष प्रशारण 

https://youtu.be/E9D-DU1Uet4 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *