प्रदेश १ ले सुरू गर्याे प्रत्यक्ष भिडियाे संवाद

भाद्र २४, विराटनगर । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भिडियो संवाद कार्यक्रम सुरु गरेको छ । जिल्लामा भएका गतिविधिको विषयमा जानकारी लिनका लागि मंगलबारदेखि प्रत्यक्ष भिडियो संवाद कार्यक्रम थालिएको हो ।   

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भिडियो संवादको शुभाम्भ गर्दै एकै पटक प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । मन्त्री कार्कीले आगामी असोज ३ गते संविधान दिवसलाई सिर्जनात्मक ढंगबाट १३७ स्थानीय तहमै मनाउनका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । 

यसैगरी जिल्लामा डेङ्गुबाट प्रभावितको उपचारको अवस्थाको विषयमा बुझेर जानकारी गराउन प्रमुख जिल्ला अधिकारीलाई मन्त्री कार्कीले निर्देशन दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि प्रत्यक्ष भिडियो संवाद कार्यक्रमले विशेष अवस्थामा सामुहिक संवाद गरेर तत्काल आवश्यक पहल गर्नका लागि सहयोग गर्ने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *