नेपाली कांग्रेस धरानको नगर सम्मेलन हुँदै

भदौ २५, धरान । नेपाली कांग्रेस धरान नगर समितीको दोश्रो नगर सम्मेलन यही भदौ २५ देखि २७ गतेसम्म हुने भएको छ । भदौ २७ गतेसम्मेलन हुने पूर्व तयारी रहेपनि काँग्रेसले स्थानीय निर्वाचन र जागरण अभियानलाई प्राथमिकतामा राखेको धरान उपमहानगर सभापति तिलक राईले जानकारी बताए ।   

 धरान २ लक्ष्मी सडकस्थित रहेको नेपाली कांग्रेस पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा उपमहानगर सभापति राईले धरान भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा कांग्रेस तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता र उपसभापति बिजयकुमार गच्छदार, पूर्व मन्त्री ज्ञानेनद्रबहादुर कार्काी, महेश आचार्य तथा डा.प्रकाश सरण महतको बिशिष्ट आतिथ्यतामा सम्मेलन हुने जानकारी दिए ।   

सम्मेलनमा सभापति राईको राजनीतिक प्रतिवेदन, सचिव श्याम पोखरेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश भई छलफल हुनुका साथै कांग्रेसले अब गर्ने कार्यक्रम र रणनीतिका सम्बन्ध र स्थानीय तहमा हुने चुनावी बिषयमा छलफल हुने राईले बताए ।   

null

नगर समितिका पदाधिकारी सदस्य, नगरबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रमा प्रतिनिधित्व गर्ने नेता, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संघ संगठनका अध्यक्षलगायतको सहभागिता रहने छ ।   

कांग्रेसको जिल्ला सम्मेलन अघि नै सबै नगर गाउँ तथा क्षेत्रको सम्मेलन हुनुपर्ने भएकाले कतिपय गाउँ, नगर र क्षेत्रले सम्मेलन सम्पन्न गरीसकेका छन् भने कतिपयले तयारी गरीरहेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसले दोश्रो जागरण अभियानलाईसमेत अगाडि बडाउने तयारी गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *