आजको मौसमः भारी मात्रामा पानी पर्ने सम्भावना
मकालु खबर
२०७६ असोज ११ गते
असोज ११, काठमाडौं । आज मुलुकभर भारी मात्रामा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसममा वदलीभई सामान्य तथा भारी मात्रामा पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार आज देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती भने देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
null
मकालु खबर
२०७६ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित