झ्याल फोडेर नगरप्रमुखको कार्यकक्षमा आगजनी
मकालु खबर
२०७६ भदौ २९ गते
भाद्र २९, कैलाली । शनिबार राती कैलालीमा एक नगर प्रमुखको कक्षमा झ्याल फोडेर पेट्रोल छर्की आगजनी गरिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका स्थित नगरप्रमुखको कार्यकक्षमा अज्ञात समूहले नगरप्रमुखको कार्यकक्षको पछाडी पट्टीको झ्याल फोडेर पेट्रोल छर्की आगजनी गरेका हो ।
घटनास्थल पुगेका स्थानीय पत्रकार प्रिन्स विकका अनुसार झ्याल तोडन प्रयोग भएको हतौडा र पेट्रोल प्रयोग गरेका बोतलहरु भेटिएका छन्।
प्रहरीका अनुसार आगजनीबाट नगरप्रमुखको बस्ने कुर्ची, ईन्भटर, एसी लगायत केही कागजात जलेर नष्ट भएका छन्। आगजनी कसले किन गर्यो भन्नेबारे कारण खुल्न नसकिएको र हाल सम्म घटनाको कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।
मकालु खबर
२०७६ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित