धरानमा विजुलीको पोलबाट लडेर एक घाइते

भाद्र २३, धरान । धरानमा सडक वत्ति जडान गर्नेक्रममा लडेर एक जना घाइते भएका छन् । धरान उपमहानगरपालिकाका सडक वत्ति विभागका २५ वर्षिय कर्मचारी  सुरेश तामाङ विजुलीको पोलबाट चिप्लिएर घाइते भएका हुन् । उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।   

धरान ११ स्थित कल्याण चौकमा सडक वत्ति राख्नेक्रममा चप्पल मात्रै लगाएर पोलमा चढेका तामाङ चिप्लिएर लडेका हुन् । उनको ढाढ र खुट्टामा चोट लागेको छ ।   

धरान उपमहानगरपालिकाले सडक वत्ति मर्मत गर्ने कर्मचारीलाई सुरक्षाका लागि आवश्यक उपकरण समेत नदिने गरेको कर्मचारीहरुको गुनासो छ । विजुलीको काम गर्दा सामान्यतय आधारभूत सुरक्षा मापदण्ड पुरा गरेर मात्र काम गर्नुपर्ने भएपनि धरान स्थित उपमहानगरपालिकाका कर्मचारीहरु असुरक्षित रुपमा काम गर्ने गर्दछन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *