नेपाल आजदेखि खुल्ला दिसामुक्त राष्ट्र, दक्षिण एसियाकै पहिलो

१३ असोज, काठमाडौँ । नेपाल आजबाट खुल्ला दिसामुक्त राष्ट्र बन्दैछ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् ।   

प्रधानमन्त्री ओलीले खुल्ला दिसामुक्त घोषणा गरेसँगै नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र बन्ने छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । सरकारी तथा विभिन्न गैह्रसरकारी संघसंस्थाहरुको सहयोगमा प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा भएपछि नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र बनाउने अभियानले पूर्णता पाएको हो ।   

यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहने बताइएको छ ।   

null

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी आज खुल्ला दिसामुक्त राष्ट्र घोषणा हुन लागेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *