मेरो काम मुर्छित सपना जगाउनु नै थियोः प्रधानमन्त्री ओली

असोज ३, काठमाडौँ । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताए । 

उनले संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा संबोधन गर्दै सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरले जनतामा आशनाको सञ्चार गराएको बताउँदै त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएकाे बताए ।   

उनले आफ्नो नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको बताएका छन् ।  उनले भने , ‘मेरो काम मुर्छित सपना जगाउनु नै थियो ।’  मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’ 

संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने प्रधानमन्त्री ओलीले बताएका छन् ।   उनले त्यसमा सबैको भूमिका उस्तै रहनुपर्ने धारणा राखेका थिए ।   

उनले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह पनि गरे ।  उनले  सरकारले गरेका कामकोबारे बताउँदै नेपालीहरुको सम्मृद्धिको सपना साँझा सपना भएको भन्दै त्यो पुरा भएरै छाड्ने पनि दावी गरेका छन् ।   

उनले दोहान नगरिएका प्रकृतिक स्रोत रहेको, दृष्टिकोणसहितको सरकार भएको र जनसंख्याकि आधार छ समेत भएकाले अव मुलुक बन्न समय नलाग्ने प्रस्टाउँदै असोज ३ गते सबैभन्दा ठूलो चाडको दिन भएको बताएका छन् । प्रधानमन्त्री ओलीले  संविधान संशोधन गरेर अघि बढ्न सकिने समेत बताए ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *