कोटेश्वरमा महालक्ष्मी बैंकको नयाँ शाखा

भदौ ३०, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा विस्तार गरेको छ ।   

देशभर सेवा विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको आज (सोमबार) औपचारिक उद्घाटन भएको बैंकले जानकारी दिएको छ ।   

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्ट र बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।   

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारी गराउँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।   

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको पनि अधिकृत लामिछानेले जानकारी दिए ।         

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *