ईन्द्रजात्रामा पक्राउ परेकाहरुलाई बिना शर्त रिहाई गर्न माग

भाद्र २९, काठमाडौं । बैद्धिक सनातन हिन्दू अधिराज्य स्थापनार्थ महाअभियानले ईन्द्रजात्राको अवसरमा प्रदर्शनमा उत्रेका बेला पक्राउ परेकाहरुलाई विनाशर्त रिहाईको माग गरेको छ । महाअभियानले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायत मानव सेवक, रविन्द्र कार्की (डब्बु), कृष्णबहादुर खड्का, राजेश तामाङ, हरिनारायण प्रसाद शाह, रघुराज राजभण्डारी, नारायण अर्याल, पारुहाङ उजुमी राई, कर्णवीर बस्नेतको तत्काल बिना शर्त रिहाईको माग गरेको हो ।   

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महाअभियानले यस्तो माग गरेको हो । महाअभियानले यदि सरकार तल्लो स्तरको षड्यन्त्रमा उत्रन्छ र पक्राउ परेका निर्दोष व्यक्तिहरुलाई तत्काल विना शर्त रिहा गर्दैन भने त्यसबाट उत्पन्न हुने परिणामको लागि राज्य जिम्मेवार हुने चेतावनी दिएको छ । 

‘सरकार प्रमुख आफैं संलग्न भई विदेशी धर्मको प्रचारमा संलग्न हुने, सरकार आफैं होलिवाईन विवरण गर्दै हिँड्ने, नेपालका देशभक्त दलित दाजुभाईहरुलाई खुलेआम धर्म परिवर्तन गर्न आह्वान गर्ने पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कारवाही गर्नुको सट्टा सम्मानित गर्ने अनि अर्कोतर्फ नेपालको संविधान प्रदत्त, विना हातहतियार, सभा सम्मेलन, शान्तिपूर्ण विरोध गर्ने निहत्ता धर्म, संस्कृति रक्षकमाथि क्रुरता देखाउने भ्रष्ट सरकारको काम कारवाहीको बैदिक सनातन हिन्दू अधिराज्य स्थापनार्थ महाअभियान घोर भत्र्सना गर्दछ साथै गिरफ्तार गरिएका अभियन्ता, धर्मरक्षक तथा सर्वसाधरण माथि मुद्दा चलाउने जुन प्रपञ्च सुरु भएको छ । त्यसतर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।   

महाअभियानले वैदिक सनातन धर्म र संस्कृति रक्षार्थको लागि काठमाडौं उपत्यकावासीको समर्थन र सहयोगले भ्रष्ट जग्गा माफिया सरकार घुडा टेक्न बाध्य भएको दाबी गरेको छ ।   

‘यो निकम्मा विदेशीको कठपुतली सरकार अर्को बहानामा पुनः धर्म, संस्कृति रक्षकहरुमाथि दमन गर्न खोज्दैछ । तसर्थ, मुलुकको धर्म, संस्कृति, संस्कार जोगाउन गिरफ्तार गरिएका सम्पूर्ण धर्म, संस्कृति रक्षकहरुको रिहाईको लागि हार्दिक अपिल गर्दछौं ।’ महाअभियानले नेपालका सांस्कृतिक पर्वमा हुने नेपाल सरकारको सहभागितालाई बहिष्कार गर्ने जनाएको छ । त्यस्तै, उपत्यकाको सभ्यता संस्कृति र संस्कार जोगाउन पनि एकताबद्ध हुन महाअभियानको अपिल छ ।   

कार्यक्रममा बरिष्ठ राजनीतिक विश्लेषक डा. केबी रोकाया, बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराई, बरिष्ठ पत्रकार अनिल योगी, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारी, पूर्नउत्थान पार्टीका संयोजक शेखरजंग रायमाझीलगायतले पक्राउ परेकाहरुको तत्काल बिना शर्त रिहाईको माग गरेका थिए ।   

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको बताए । ‘धर्मको जर्गेनालाई जेल होईन, धर्ममाथि जथाभावी गर्नेलाई जेल हाल्नुपर्छ ।’   

भट्टराइले अफ्रिकी मुलुक कब्जा गर्न जादा टुटुले भनेको कुरा उल्लेख गरेका थिए । ‘गोरासँग बहुदल छ, अफ्रिकीसँग जमिन अफ्रिकीलाई आखा चिलीभन्दा अफ्रिकीको हातमा बाइबल र गोराको हातमा जमिन भएको थियो । यो सम्बोधनबाट सुरु गर्दै संबिधानमा धर्मनिरपेक्ष लेखिएको छैन । र, विद्यादेवीजी को धर्म होला केपी ओलीजीको धर्म होला तर प्रधानमन्त्री, राष्ट्रपतिको धर्म हुदैन् । उनीहरु देशको हुन् ।’ उनले भने ।   

भट्टराईले वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिए । उनले राप्रपाका अध्यक्ष कमल थापासमेत यी नेताहरुको प्रबक्ता भएर निस्केको आरोप लगाए । उनले भने,‘त्यही भएर आज गाइ मर्दापनि उनी बोलेनन् ।’ 

त्यस्तै, डा. केबी रोकायाले यसरी पक्राउ गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरे । ‘उहाँहरुलाई बिना शर्त रिहाई गर्नुपर्छ । कोही चिया पिउँदै गरेकाहरु पक्राउ परेका छन् । यो अलोकतान्त्रिक कुरा हो ।’ उनले भने । सरकारको यो कदमले मानवअधिकारको हनन भएको उनको गुनासो छ ।   

कार्यक्रममा किशोरी महतोले आफू सधैं राजसंस्थाको पक्षमा रहेको सुनाउँदै यसको पूर्नस्थापनाको लागि सधैं लड्ने प्रतिबद्धता जनाए । उनले भने,‘राजसंस्था पूर्नस्थापनाको लागि म सरकारसित लड्न चाहन्छु ।’   

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले पनि पक्राउ परेकाहरुको बिना शर्त रिहाईको माग गरिन् । उनले ८३ प्रतिशत ओमकार परिवार अब आन्दोलनमा होमिने पनि चेतावनी दिईन् ।   

उनले सरकारसँग हिम्मत भए सबै हिन्दूहरुलाई समातेर देखाउन चूनौति दिएकी छिन् । ‘यो होली वाईन खाएको सरकार हो, हाम्रो रास्ट्रपति संबैधानिक हुन, उनी कार्यकारी हैनन् । हामीले हाम्रो धर्मको रक्षाकाको लागि बिरोध गर्न पाउछौं ।’ उनले प्रहरी प्रशासनलाई पनि आफ्नो मर्यादा र आचरणमा बस्न चेतावनी दिएकी छिन् ।   

सामाजिक अभियन्ता अनिल कुमार योगीले धर्मनिरपेक्षता बनाउदा मुलुकलाई के उपलब्धि हुन्छ ? भन्दै प्रश्न गरे । उनले भने,‘राजसंथा हटाएपछि के परिबर्तन भएको छ । जनताले राजसंस्था र हिन्दुधर्म असल नेपालीको चाहना हो, हामीलाई राजसंस्था चाहिन्छ । राजसंस्थाको अभिभाबकद्वारा देश चलाउन र नेतृत्व गर्नुपर्ने आवश्यक छ ।’ 

पूर्नउत्थान पार्टीका संयोजक शेखरजंग रायमाझीले वर्तमान सरकारले एकदम दमनकारी कदम चालेको भन्दै विरोध गरे । पक्राउ परेका आफ्ना साथीहरुलाई तत्काल रिहाईको गरे ।   

शिव सेना नेपालका बरिष्ठ नेता बिक्रम बमले पनि पक्राउ परेकाहरुको रिहाईको माग गरे । उनले अहिलेपनि व्यवस्थामात्रै बदलिएको तर नियत नबदलिएको जिकिर गरे । शिवसेना नेपालका सह–संयोजक दिनेश कँडेल, शिवसेना नेपालकी सचिव सिर्जना वाग्ले र नगेन्द्र देउजाले पनि आ–आफ्नो धारणा राखेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *