काठमाडौँमा सुतेर हेर्न मिल्ने हलको संचालनः उद्घाटनमा पुगे नेपालका टप सेलीब्रेटीहरु
असोज २, काठमाडौँ । नेपालमा पहिलो पटक बिहिबारबाट काठमाडौँको बाँनेश्वरमा सुतेर हेर्न मिल्ने ‘वान सिनेमाज्’ हल संचालनमा ल्याईएको छ ।
आजै उद्घाटन गरी संचालनमा ल्याएको यस हलको उद्घाटन कार्यक्रममा नेपालका ठूल–ठूला सेलीब्रेटीले उपस्थिती जनाएका थिए ।
हल उद्घाटन कार्यक्रमा नायिका स्वेता खड्का, रेखा थापा, सुष्मा कार्की, वर्षा राउत, जसिता गुरुङ, नायक संजोग कोइराला, धिरज मगर निर्देशक दीपाश्री निरौला लगायतको उपस्थित रहेको थियो ।
‘आई प्लेक्स मल’को पाँचौ तलामा संचालनमा आएको यस हलमा २ पर्दा छन् । पहिलो पर्दामा २ सय ८ र दोश्रो पर्दामा २ सय ३ सिट क्षमता रहेको छ ।
यस हललाई निर्माता प्रज्ज्वल शमशेर जवरा र उनको टिमले यो हल संचालनमा ल्याएका हुन् ।
हलका संचालक जवरा भने–‘हलको साउन्ड सिस्टम, पर्दा, आरामदायी सिट र यहाँको वातावरणले पनि दर्शकलाई चलचित्र हेर्न आकर्षित गर्छ भन्ने विश्वास लिएका छौ ।’ मल्टिप्लेक्समा विश्वमै आएका पछिल्ला प्रविधिहरुलाई प्रयोग गरिएको उनले बताए । दर्शकले टू डी र थ्री डी प्रविधिमा चलचित्र हेर्न पाउनेछन् ।
टू डी र थ्री डी प्रविधिको यस हलमा दर्शकले अगाडिको सिटमा सुतेरै चलचित्र हेर्न मिल्ने उनले बताएका छन् ।