सुनको भाउ घट्याे, चाँदीको भाउ स्थिर

भाद्र १९, काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।   

बुधबार प्रतितोला  ७३ हजार ५ सयमा कारोबार भईरहेको छापावाल सुनको मूल्यमा ताेलामा १ सय घटेर आज प्रतितोला  ७३ हजार ४ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसै गरी आज तेजावी सुनमा पनि तोलामा १ सय घटेर प्रतितोला  ७३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।   

Image result for सुनको भाउ घट्याे

बिहिबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ९ सय ४० मा बिक्रीबितरण भईरहेको चाँदीको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *