संविधान दिवस: करकाे हाेइन रहरकाे बनाेस्
उत्पादनका चारवटा आधारभुत तत्व भूमी, पूँजी, श्रम र संगठनमध्ये श्रम गतिशील र चलायमान हुन्छ । दोश्रो विश्वयुद्ध पछिका विकसित राष्ट्रलाई हेर्ने हो भने दक्ष एवं लगनशील श्रमको उपज नै त्यहाँको विकासको आधार बनेको देखिन्छ । लक्ष्यमा स्पष्ट र प्रशिक्षित राष्ट्रहरुले मात्रै होइन व्यक्तिहरुले समेत पूँजीलाई निर्माणको आधार बनाउने गरेको पाइन्छ । खर्च कम गर्नु र आम्दानीको केही हिस्सा बचाउने प्रयत्न गर्नु नै पूँजी निर्माणको उपाय हो । भूमिको अनिवार्यतासँगै पूँजी र श्रमको व्यवस्थित र समूचित परिचालन गर्न सक्नु नै संगठन हो ।
माथि उल्लेखित शब्दहरुले नेपालको लोकतान्त्रिक परिपार्टी र यसबाट सिर्जित अवस्थाप्रति सोच्न बाध्य बनाउँछन् । प्रणाली जेसुकै होस, अर्थशास्त्रको निर्माण श्रमकै आधारमा भएको हो । त्यसैले पनि श्रम व्यवहारीक शिक्षा हो । पानी बिना माछाको जीवन खोज्नु र श्रम बिनाको समृद्दी खोज्नु उस्तै हो । लोकतन्त्रको सान्दर्भिकता खोज्नु र व्यवहारमा त्यसको सकारात्मक परिणाम खोज्नु आम नागरिकको अधिकार हो ।
बर्षमा एक दिन औपचारिकता मात्रै दिइने दिवसले मात्र यस्ता कुराहरु पूरा हुन सक्दैनन् । नागरिकका लागि शासित प्रणाली सार्थक भयो या प्रत्युत्पादक रु व्यवहारिक पक्षसँग दाँजेर हेर्नुपर्छ । सरकारले संविधानको चौथो बार्षिकी मनाउन आदेश दिइरहँदा शासन प्रणालीको व्यवहारिक औचित्य र सान्दर्भिकताको मूल्यांकन गर्नु बढी सान्दर्भिक हुन्छ ।
आम नागरिकले स्वतःस्फूर्त संविधानको जयजयकार गर्न सक्ने क्षमता सरकारले बनाउन सक्नुपर्दछ । सुन्दर बाटाघाटाको निर्माण, उद्योग धन्दाको स्थापना र रोजगारीको अवस्था सिर्जना गरी बर्षमा एक दिन हैन, हरेक दिन संविधानको जय जयकार गर्ने अवस्था सरकारले निर्माण गर्नुपर्दछ ।
जातीय राग पालेर धार्मिक कित्तामा नागरिकलाई गुटमुटाएर शक्ति आर्जन गर्न खोज्ने राजनीतिक पार्टीलाई यो संविधान दिवस एउटा उत्सव हुनसक्छ । श्रमका आधारमा नागरिकलाई तल्लो जातमा खसाल्ने र उनीहरुकै श्रम शोषण गरेर आफ्नो सयल खोज्नेलाई यो संविधान दिवस हर्षको बिषय पनि भएको देखिन्छ । नागरिकमा त्यो जाँगर होस, नहोस कुनै मतलव छैन, शासन प्रणालीले जनताका लागि के गर्न सक्यो रु त्यसको कुनै लेखाजोखा छैन । जनताको अवस्था र आवश्यकतामा सकारात्मक परिवर्तन गर्न सक्यो वा सकेन, त्यो मतलव छैन । अनि संविधान जारी भएको दिन हाँस्नुैपर्छ, दियो बाल्नै पर्छ, सरकार भनिरहेको छ । तर संविधानको कुनै धाराले पनि दिपावली गर्नु पर्छ भनेको छैन । बरु संविधानका हरेक धारामा सरकारलाई नागरिकप्रति जिम्मेवार हुन भनिएको छ । नागरिकको सेवा, सुविधा र सुशासन सरकारको कर्तव्य हो भनिएको छ । यसबाट सरकारलाई भने आफू गिरेको कुनै हेक्का छैन । अनि, संविधानमै उल्लेख नभएको काम सार्वभौम नागरिकलाई लाद्न खोजिरहेको छ । यो लोकतान्त्रिक गणतन्त्रमा किमार्थ सुहाउँदैन ।
सरकार नागरिकप्रति जिम्मेवार नहुने तर नागरिकले दियो बालेर जसरी पनि सरकारको जयजयकार गर्नु पर्ने रु एक छाक पेटसमेत भर्न नपाउने परिवारले कसरी मनाउने संविधान दिवस रु तातो पानीमा हाल्न नुन किन्ने थोरै पैसासमेत नहुनेहरु दियो बाल्न बत्ती कसरी किनून रु टि(सर्ट र दिपावलीका सामान कसरी किनुन रु भोकै र नांगै सत्ताका मालिकहरुको जयजयगान कसरी गाउनु रु झुटको ढोल पिटेर निर्वाचन जितेकाहरु, जनतालाई झुक्याउन र सत्ताको मिठो स्वादमा रमाउन सफल भएका छन् । हो, तिनै एकाध व्यक्तिहरुका लागि यो दिन पर्व होला । तर बास बेचेर छाक टार्नेहरुका लागि यो ‘आकाशको फल आँखा तरी मर’ जस्तै बनेको छ । नुन किन्न नसक्ने भोकाहरु रमाएर मालिकका लागि खुसी भइदिनु पर्ने यो कस्तो आदेश हो रु राजाका रैती थियौं अब हाम्रा रैती भयौ भनिएको त हैन रु हुकुम र फर्मानमा नागरिकलाई कज्याउनु सामन्ती रवैयाको नांगो प्रदर्शन हो । सत्तासिनहरुका लागि उत्कृष्ट मानिएको संविधान नागरिकका लागि उत्कृष्ट हुन सक्यो वा सकेन रु बस्ती छिरेर बुझ्ने हिम्मत गरे राम्रो होला ।
दलित, जनजाती, पिछडा वर्ग, मधेशी, बाहुन, क्षेत्री लगायतका विभिन्न थरका आधारमा एकले अर्कोलाई छोइछिटो गर्ने अवस्था आज पनि विद्यमान छ । महिला र पुरुष दुई जात हो भन्ने संविधानमा लेख्न हिम्मत नभएकाहरुले जातै पिच्छेलाई अधिकारको लोभ देखाएर भिडन्त गराउन खोजे । यो कस्तो समानता हो रु भ्रष्टाचारका विरुद्ध, विभेद र असमानताका विरुद्ध नागरिक सहभागिताको आह्वान सरकारले गर्नु पर्दछ । व्यवसायिक शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र बिषादि रहित खाद्य वस्तुको उत्पादनमा नागरिक सहकार्य सरकारको आह्वान हुनुपर्दछ । सुकिला कोट लगाउन, चिल्ला गाडी चढ्न र सास फेर्न पनि राज्यको ढुकुटी दोहोन गर्नेहरुले फर्मान जारी गर्नु नागरिक अपहेलना हो ।
आम नागरिकले स्वतःस्फूर्त संविधानको जयजयकार गर्न सक्ने क्षमता सरकारले बनाउन सक्नुपर्दछ । सुन्दर बाटाघाटाको निर्माण, उद्योग धन्दाको स्थापना र रोजगारीको अवस्था सिर्जना गरी बर्षमा एक दिन हैन, हरेक दिन संविधानको जय जयकार गर्ने अवस्था सरकारले निर्माण गर्नुपर्दछ । राणाकालिन उर्दिकै झल्को दिने गरी लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिकलाई जबरजस्त आदेश दिनु सामन्ती तन्त्रकै पुनरावृत्ति हो । आफूलाई समाजवादी भन्नेहरु नै आफ्नो भक्तिभाव गर्ने कार्यकर्ता निर्माण गर्ने, पद र पावरका लागि इमान र नैतिकताको किनबेच गर्ने, जनता र राष्ट्रलाई बिर्सने, भ्रष्टाचारी र गलत गर्नेहरुको रक्षा कवच बन्ने सामन्ती राजनीतिक संस्कारले कदापि समाजवादको लक्ष्य पुरा हुन सक्दैन । आर्थिक प्रलोभनमा अभ्यस्त हुने, असक्षम र अदुरदर्शी राजनीतिक नेतृत्वलाई फेर्न हिम्मत गर्ने दिनका रुपमा लिन सक्नुपर्छ ।
राजनीति सामाजिक सेवा गर्ने उत्तम थलो हो । यो कुनै पेशा वा व्यवसाय होइन । यसलाई आय–आर्जनको माध्याम बनाइनु हुँदैन । राजनीति अरुको सेवा गर्ने केवल मानवीय भावना हो । विशाल हृदय भएका र उच्च नैतिकता भएकाहरुले गर्ने स्वयंसेवा नै राजनीति हो । यसको कुनै मूल्य पनि हुँदैन । तर नेपालका राजनीतिक पार्टीहरुले यसलाई आफ्नो कमाई खाने पेशा र व्यवसाय बनाएको पाईन्छ । शैक्षिक योग्यता नपुगेका, असक्षम र बेइमानीहरुको रोजगारीको थलो बनेको छ राजनीति । लोकतन्त्रको आवरणमा स्वेच्छाचारीता, परिवारवाद र नातावादले मात्र अवसर पाउने परिपाटी मौलाउँदै गएको छ । सक्षम र कर्मठ यूवाहरुलाई विदेश पलाएन हुन बाध्य पारिँदै छ । नेपालको राजनीति रेमिट्यान्सको नाममा वैदेशिक रोजगारीमा गएकाहरूको श्रमको शोषण गरेर पोषित भइरहेको छ । त्यसकारण संविधान दिवस अहिलेको राजनीतिक परिपार्टीलाई फेर्न र विकल्प दिन सक्ने हिम्मतवालाहरुको दिपावली बन्न सक्नुपर्दछ ।
लोकतन्त्रमा राजनीतिक पार्टीहरुको अनिवार्यता त हुन्छ नै, तर अहिलेको जस्तो निम्छरो राजनीतिक परिपाटी, पार्टीहरु र नेताहरुको कुनै अनिवार्यता छैन । राजनीतिलाई सेवाभावले लिने र जनमतबाट निर्वाचित प्रतिनिधिहरु स्वयंसेवी हुने प्रणाली नै आजको आवश्यकता हो । ३० औं बर्ष आफ्नै बुताले पार्टीका काम र गतिविधिमा खट्न सक्ने तर जनमतबाट ५ बर्षका लागि सेवा गर्ने अवसर पाउँदा भए भरका सूविधा उपभोग गर्नुपर्ने गलत प्रणालीको अन्त्य आम नेपालीको चाहना हो । हजारौंबाट एकजना निर्वाचित हुने र निर्वाचित एक जनाले हजारौंका लागि सेवा गर्ने वा ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने प्रणालीको विकास गर्नुको विकल्प छैन । अन्यथा नेतामुखि संविधानको जय जयकार गर्न कुनै जरुरी छैन् ।