शक्तिशाली भूकम्प गयाे

असाज ७, सान जुआन ।  क्यारेबियन राष्ट्र पोर्टो रिकोमा गएराति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गएकाे छ ।  अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । 

पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ । पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताए । सुनामीको सम्भावना पनि नरहेको उनले जानकारी दिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *