‘असोज तीन कालो दिन’ भन्दै काठमाडौंमा प्रदर्शन, तीन जना पक्राउ

संविधान संशाेधनकाे माग गर्दै बसन्तपुरमा गरिएकाे विराेध प्रदर्शन 

असोज ३, काठमाडौं । संविधान दिवसको दिन आज (शुक्रबार) राज्यले दिपावली मनाइरहँदा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले प्रदर्शन गरेका छन् । 

असोज तीन कालो दिन, कालो संविधान खारेज गरौँ भन्दै उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।   

काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा गरिएको थियो ।   

कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका उनीहरुले संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको संशोधनको माग समेत गरे ।   

प्रदर्शनका क्रममा संविधानका असहमतिका धारा जलाउन खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

 जनकपुरमा संविधान दिवसलाई कालो दिवसका रुपमा मनाइँदै 

जनकपुरमा पनि प्रदर्शन 

त्यसैगरी प्रदेश २ को राजधानी जनकपुरधाम आज राष्ट्रिय जनता पार्टीले पनि असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।   

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा सडकमा स्थानीयहरुले संविधान दिवसको विरोधमा र्‍याली निकालेर कालो दिवसका रुपमा मनाएका हुन् । कालो ब्यानर बोकेर र्यालीमा निस्किएकाहरुले शिरमा पनि कालो फेटा बाँधेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *