गैर आवासीय नेपालीहरुलाई सानिमा बैंकको ‘सानिमा एनआरएन’ मुद्दती खाता

भदौ २२, काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्ने बैंकले जनाएको छ ।   

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशतको उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ ।   

सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने बैंकको भनाइ छ । २ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।   

Image result for सानिमा बैंक

यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेवसाईट www.sanimabank.com मा log in गरि अनलाईनबाटै आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।   

खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनुपर्ने छ ।   

सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।   

बैंकको २०७६ असार मसान्तसम्मको पुँजीकोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ०.०८ प्रतिशत र तरलता अनुपात २२.८७ प्रतिशत रहेको बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौलले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *