अन्तत सहमतीमै टुंगियो रेवानको विवाद, अध्यक्षमा खतिवडा चयन
असोज १०, चितवन । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् ।
रेवानको ७ औं अधिवेशनले खतिवडाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितिय उपाध्यक्षमा अर्जुन चौधरी र तृतिय उपाध्यक्षमा कपिल रेग्मी चयन भएका छन् ।
रेवानको गत ७ गतेको अधिवेशनमा उपाध्यक्षहरु ५ जना राख्ने तयारी भएपछि त्यसमा विवाद भएको थियो । तीन दिनको प्रयास पछि सर्वसम्मतीमा समिति चयन गरिएको रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
रेवानको महासचिवमा कृष्ण भट्ट, सचिवमा शम्भु प्रसाद माली, कोषाध्यक्षमा गोपीकृष्ण विडारी र सहकोषाध्यक्षमा सुर्य वहादुर रिमाल चयन भएका छन् । सदस्यहरुमा इन्द्रराज चौधरी, राजेश कुमार तामाङ, देवकला भट्टराई, इश्वर रिजाल, बिर वहादुर तामाङ, पुरुषोतम लामिछाने, कुमार जोशी र अम्विका भट्ट चयन भएका हुन् । लेखा समिति संयोजकमा दुर्गा प्रसाद घिमिरे चयन भएका छन् भने सदस्य चयन हुन वाँकी छ ।
आगामी १४ औं सौराहा फुडफेस्टिवलको संयोजकमा धु्रव गिरीलाई चयन गरिएको छ भने सहसंयोजकमा लिला बहादुर अधिकारी रहेका छन् ।