प्रतिनिधि सभाको बैठकमा स्वास्थ्यमन्त्री यादवको आलोचना

असोज १, काठमाडौँ । स्वास्थ्यमन्त्री उपेन्द्र यादव देशमा डेंगीको ‘महामारी फैलिरहेका समयमा बिदेश भम्रणमा रहेका कारण आलोचित बन्नु परेको छ ।  

देशमा डेंगीको ‘महामारी’ फैलिरहेका बेला स्वास्थ्यमन्त्री यादव भने विदेश भ्रमणमा व्यस्त रहेको भन्दै सांसदहरुले आलोचना गरेका हुन् । 

प्रनिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरुले यस्ताे आलोचना गरेका हुन् । उनीहरुले डेंगीले नागरिक संक्रमित भएको तथा केही व्यक्तिको मृत्यु नै भएको अवस्थामा त्यसको नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट  कसै पहल नभई यसलाई बेवास्ता गरी स्वास्थ्य मन्त्री  विदेश भ्रमणमा रहेको भन्दै आलोचना गरेका थिए ।   

Related image

सांसदहरुले चर्को आलोचना गरेपछी स्वास्थ्यमन्त्री यादव यी कुराको वास्तै नगरी कुनै प्रतिक्रिया नै नदिइ रोस्टमबाट बाहिर निस्केका छन् ।   

नेकपाका सांसद विरोध खतिवडाले व्यंग्यात्मक रुपमा डेंगी नियन्त्रणका लागि मन्त्रालयबाट काम नभएकाले अब लामखुट्टेश्वर महादेव स्थापना गर्नु पर्ने बताए । उनले भने ‘लामखुट्टेश्वर महादेव स्थपना गरौँ । ’   

त्यस्तै अर्का सांसद प्रेम सुवालले  भने  ‘रोग लागेको बेला किन विदेश जान लागेको ?’ सांसद पार्वता डिसी चौधरीले मन्त्रीले दुई महिनापछि आएर जवाफ दिएको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘तपाईँ विदेश मात्र घुमेर बस्ने, नेपाली जनताले तपाई जस्तै विदेश घुमिरहने?’ 

सांसदको प्रश्नको जवाफ दिँदै  मन्त्री यादवले भने, ‘विश्वमा बढेको तापक्रमका कारण पनि लामखुट्टे र रोग बढेको हो। अहिले मात्र मन्त्रालय लागेको होइन सुरुदेखि नै मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको छ । रोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रलाय तयारी गरिरहेको छ । उपकरणको अभाव छैन।’ 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *