सुनचाँदीः तीज सकियो तर रोकिएन मूल्य वृद्धि

२०७६ भदौ १८ गते

भदौ १८, काठमाडौं । बुधबार सुनको मूल्य एक हजारले बढेर प्रतितोला ७३ हजार ५ सय पुगेको छ । मंगलबार ७२ हजार ५ सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार एक हजारले बढेको हो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । मंगलबार ७२ हजार २ सयमा कारोबार भइरहेको थियो ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।

२०७६ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित