गस्ती र पेट्रोलिङ बढाउन मेयर चौधरीको सुझाव
असोज १, चितवन । नगर भित्र चोरीका घटनाहरु बढ्दै गएपछि खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले गस्ती र पेट्रोलिङ वढाउन सुझाव दिएका छन् ।
समुदाय प्रहरी पालिका समितिको बुधवार बसेको बैठकमा मेयर चौधरीले नगरमा दिनदहाडै चोरीका घटनाहरु भईरहेकाले सक्रियता देखाउन सुझाव दिएका हुन् । नगरभित्र चोरीका घटना प्रमुख समस्याको रुपमा रहेपनि लागू औषध,जुवातास, अवैध मदिरा बिक्री वितरण नियन्त्रणमा समेत ध्यान दिन मेयर चौधरीले प्रहरीलाई आग्रह गरे ।
बैठकले चाडपर्वलाई मर्यादित र सुरक्षित वनाउने विषयमा छलफल भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत पालिकास्तरीय समिति सदस्य एवंम् खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल, कमला श्रेष्ठ लगायतले सुरक्षा मजबुद बनाउन नागरीक समाजसेवी,सबै नगरपालिका जिम्मेवार बन्नु पर्ने बताए ।