कम्युनिस्ट सरकारबाट जनताले भ्रष्टाचार बाहेक केही पाएनन्ः कांग्रेस नेता महत

असोज ८, दैलेख । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकार भ्रष्टाचारको धङधङीमा फसेको बताएका छन् ।   

आज दैलेखको राकममा कांग्रेसका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्दै सहमहामन्त्री महतले यो सरकारको प्रमुख उपलब्धि भनेको भ्रष्टाचारलाई संस्थागत गर्ने भएको पनि जिकिर गरे ।   

साथै उनले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकारसँग माग गरेका छन् । उनले सुदुरपश्चिम र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताए । सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको उनको तर्क छ ।   

कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोल सम्म खान नपाएर तड्पी रहेका बेला सरकार मुकदर्शक बनेको पनि सहमहामन्त्री महतको आरोप छ । उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई विकास गर्ने पनि प्रतिबद्धता जनाए ।  

सोही भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले कर्णाली र सुदुरपश्चिमलाई अर्कै देशको नागरिक जस्तो व्यबहार गरेको आरोप लगाए । शाहले कर्णाली र सुदुरपश्चिम बासी यही देशका नागरिक भएको भन्दै सरकारले कर्णाली र सुदुरपश्चिममा विकास निर्माणका कार्य गर्न किन हिचकिचाएको भन्दै प्रश्न पनि गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *