चिनियाँ विदेशमन्त्री फर्किए आफ्नो मुलुक

भाद्र २४, काठमाडौँ । मंगलबार दिउँसो नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमण सकिएर स्वदेश फिर्ता भएका छन्. ।   

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ यी आफ्नो २ दिनको नेपाल भ्रमण सकेर आज दिउँसो विशेष बिमानबाट स्वदेश प्रस्थान भएका हुन् ।   

उनलाई विदाई गर्न  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत पुगेका थिए ।   

Image result for चिनियाँ विदेशमन्त्री वाङ यी

विदेशमन्त्री वाङ यीले मंगलबार स्वदेश फर्किनु अघी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गरेका थिए । 

प्रचण्डसँगको भेटवार्तामा उनले नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप बिस्तार गर्नेबारे छलफल गरेका थिए ।   

प्रचण्ड र देउवासँग भेटवार्ता गर्नु अघी उनले सोमबार राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतसँग उनको भेटवार्ता रहेको थियो । सो भेटवार्तामा उनले नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए  ।   

उक्त समझदारीपत्रमा मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने सम्बन्धी हस्ताक्षर भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *