राष्ट्र बैंकले जलायो ४ खर्ब बढी नोट

असोज ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डैं ५ खर्ब बराबरको पुराना नोट जलाएको छ ।   

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५–०७६ सम्ममा ४ खर्ब ९४ अर्ब ७६ करोड  ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना नोट जलाएको हो ।   

राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र  ५ दरका पुराना कागजी नोटहरु जलाएको हो ।   

Image result for नेपाल राष्ट्र बैङ्क

राष्ट्र बैंकका अनुसार हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान,  ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *