आफ्नै कार्यालय तोडफोड गर्ने वडाध्यक्ष सहित तीन पक्राउ

भाद्र ३१, कास्की । प्रहरीले कास्कीमा वडाध्यक्ष सहित ३ जनालाई पक्राउ परेका छन् । 

कास्कीको माछापुछ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिकाका वडाध्यक्ष सहित ३ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई  प्रहरीले गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले किटानी जाहेरी दिएको आधारमा नियन्त्रणमा लिईएको हो ।  पक्राउ पर्नेमा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का वडासदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री रहेको प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

भाद्र २५ गते गाउँपालिका कार्यालयसँग सूचना माग गर्दा नदिएको भन्दै वडाध्यक्ष सहितको आक्रोशित व्यक्तीहरुले उक्त कार्यलयमा तोडफोड गरेका थिए । कार्यलयमा क्षति पुगेपछी कार्यवाहक अध्यक्ष दवाडीले वडाध्यक्ष सहित ४५ जना बिरुद्ध किटानी जाहेरी दिएकी थिईन् ।   

वडा प्रहरी कार्यालय बगरका इन्स्पेक्टर दीपक थापाका अनुसार किटानी जाहेरीमा उल्लेख गरिएका अन्यको खोजीकार्य भइरहेको छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *