मेनपावर ब्यवसायीकाे निर्वाचनः पाेखरेल भन्दा गैरेकाे पल्ला भारी

  

काठमाडौं ३ असोज । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । यही असोज ७ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष बिष्णुप्रसाद गैरे र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल बिच प्रतिस्पर्धा हुने भएको हो । याे प्रतिष्पर्धामा गैरेकाे पल्लाभारी रहेकाे उनी निकट ब्यवसायीहरूकाे धारणा छ ।   

निर्वाचन जित्नका लागि दुवै प्यानलले समूह नै बनाएर प्रचार प्रसारलाई तिब्रता दिएका छन् । बिगतका निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा अध्यक्षका दुइ प्रत्यासी विचकाे प्रतिष्पर्धा राेचक बनेकाे छ । फोरमद्वारा संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाटको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन मूल समितिले नेपाली कांग्रेसका नेताहरुसँग समेत छलफल गरी उम्मेदवारको टुंगो लगाएको हो । यस हिसाबले गैरेकाे पक्षमा ब्यवसायीहरू सकारात्मक देखिएका छन् । सत्तारूढ दल यतिबेला जनता र ब्यवसायी माझ अलाेकप्रिय भइरहेकाे फाइदा गैरेले लिन सक्छन् । त्यसकाे त उनलाइ संघमा भिजनरी नेताका रूपमा पनि लिइन्छ ।   

Image may contain: 18 people

गैरेले घाेषणापत्र नै बनाएर उम्मेद्वारी सार्वजनिक गरेका छन् । गैरेले संघलाइ अगाडी बढाउन विशेष याेजना र भिजन तयार गरेकाे जिकिर गरेका छन् । विगतमा संघमा गएकाहरूले ब्यवसायीहरूकाे सर्वपक्षिय हितका लागि काम गर्न नसकेकाेले यस पटक गैरेले ब्यवसायी कै पक्षमा रहेर याेजना बनाएकाे दावि गरेका छन् । ‘विगतमा नेतृत्वमा गएकाले ब्यवसायीक सुरक्षा, हक अधिकार भन्दा पनि ब्यक्तिगत फाइदा हेरे, अहिले मेनपावर ब्यवसायी तहसनहस भएकाे अवस्थामा मैले मेराे उम्मेद्वारी सार्वजनिक गरिरहँदा याे क्षेत्रलाइ माथि उठाउने याेजना सहित काम गर्ने साेच बनाएकाे छु ।’ गैरेले भने ।   

फोरमका तर्फबाट अध्यक्षमा गैरे, प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमल देव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा फोरम कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ, कोषाध्यक्षमा ईन्दिरा गुरुङ र सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेलकाे उम्मेद्वारी रहेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *