धरानमा चित्रकला कार्यशाला तथा प्रर्दशनी मेला हुने

असाेज १, धरान ।  धरानमा यही असोज ३ गतेदेखि ६ गते सम्म चित्रकला कार्यशाला तथा प्रदर्शनी मेला २०७६ सुरु हुँदैछ । ३ लाख बराबरको लागतमा हुन लागेको उक्त चित्रकला प्रदर्शनी असोज ६ गते सम्म हुनेछ ।   

४ दिनसम्म सञ्चालन  हुने यस कार्यशाला तथा प्रदर्शनी मेला धरानको दुई स्थान धरान ८ स्थित सभागृह तथा धरान १२ अमान बजारमा हुन लागेको मेला संयोजक तथा धरान प्रज्ञा प्रतिष्ठानका सदस्य गोपाल देवानले जानकारी दिए । उक्त चित्रकला प्रदर्शनीमा १०० वटा भन्दा बढी चित्रहरु प्रदर्शनीका लागि राख्न लागेको उनले बताए ।   

प्रदर्शनीमा राखिन लागेका चित्रकलाहरु प्रदेश नं एक का बिभिन्न जिल्लाहरुबाट आउने २० जना अग्रज चित्रकार तथा नव चित्रकारहरुद्धारा बनाईएका चित्रकरहरुको चित्रहरु प्रर्दशनीमा राखिनेछ ।   

धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रदर्शनीमा बिसै जना चित्रकारहरुले आफनो चित्र पेश गर्ने छन् भने उनीहरुले प्रकृतीमा आधारित रही आफनो तर्फबाट प्रत्येक चित्रकारले कम्तीमा  ५ वटा सम्म चित्र पेश गर्ने छन् । त्यस्तै धरानको पर्यटन प्रर्बद्धन  गर्नका लागी धरान र धरान आसपासका पर्यटकीय महत्वका सुन्दर प्राकृतिक भुवनोट, दृश्य तथा सामाजिक पहिचान झल्काउने परिदृश्यहरु चित्रित हुनेछन । 

प्रदर्शनीमा चित्रकला निर्माण सिर्जन वाटर कलर अर्थात पानी रंगमा गरिने आयोजकले जनाएको छ  भने सोही प्रदर्शनीमा ५  जना नव चित्रकारलाई सर्वाेत्कृष्टताका आधारमा नगद ५ हजार समेत प्रदान गरिने छ । 

प्रवेश निःशुल्क रहेको उक्त प्रदर्शनीमा धरान भरिका स्कुल तथा कलेजहरुबाट छात्र,छात्रा २/२ जना गरी सहभागीता जनाउनेलाई कार्यशालाका लगाी सम्पुर्ण खर्च आयोजक धरान प्रज्ञा प्रतिष्ठानले नै व्यहोर्ने प्रतिष्ठानको कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *