एनआरएनए युके अध्यक्षमा पुनम गुरूङ विजयी, महासचिवमा फणिन्द्र भट्टराई

अल्डर्सट । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । 

गत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् । उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित जितेकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् । 

महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने । सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नविन गुरुङ ४३६८, र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित जितेका छन् । 

सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बू ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बनेका छन । 

आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए । प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरे । 

उपाध्यक्षमा लालबहादुर गुरुङ ३६ ३७ मतसहित विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए । निर्वाचित हुनेमध्ये अधिकांश अध्यक्ष निर्वाचित पुनम समुहका उम्मेद्वार छन । निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा भने आइतबार घोषणासभा गरी गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *