रजत महोत्सवमा बराह व्यापारिक मेला, अब डाइमण्डको पनि व्यापार
असोज ११, धरान । बराह ज्वेलरीको वार्षिकोत्सव विगतको तुलनामा फर हुने भएको छ । बराहले यो वर्ष स्थापनाको २५ औं रजत महोत्सव धरान सभागृहमा बराह समुहको व्यापार मेला आयोजना गरी मनाउने भएको हो ।
बराह ज्वेलरीको व्यापारिक विविधतामा परिवर्तन हुँदै गएकाले बस्तुगत व्यापार समुहको रुपमा बराह विजनेस ग्रुपमा रुपान्तरण गरिएको शुक्रवार रजत महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बराह ग्रुप एवं वराह ज्वेलरीका अध्यक्ष शिवकुमार लामिछाने विकले बताए ।
विशेषतः सुन र चाँदीको गहनाको व्यापार बाट डिपार्टमेन्ट स्टोर लगायत विविध व्यापारमा अघि बढेको बराह अब नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै उनले भने ‘बराहले व्यापारको क्षेत्रमा दुई चरण पार गरिसकेकाले अब तेश्रो चरणमा ब्यापारिक विविधता लाई बदलिँदो समय अनुसार व्यवस्थित गर्न बराह विजनेस ग्रुपको रुपमा रुपान्तरण गरिएको हो ।’
null
उनले बराह स्थापना भएका २५ औं वर्षमा रजत महोत्सव व्यापार मेला आयोजना गर्दै बराह व्यापार समुहको घोषणा गरिने बताए । उनका अनुसार यो व्यापार मेला एउटै कम्पनी बाट आयोजना गरिएको पहिलो ट्रेड फेयर हो ।
बराहलाई विविध व्यापारको समुहका रुपमा पूनगर्ठित गरेपछि वस्तुगत व्यापारमा उपभोक्तालाई नयाँ सेवा प्रदान गर्न गति पनि बढ्ने बताउँदै बराहको ज्वेलरी व्यापारमा अब डाइमण्ड हिरा जडित गहना थपिने बताए ।
उनले भने ‘बराह ज्वेलरीमा शनिवार देखी हिरा जडित गहना विक्री वितरण शुरु जानकारी दिए । ज्वलरीका अध्यक्षसमेत रहको शिवकुमारका अनुसार गहना पारखीहरुको रुची पछिल्लो समय सुन–चाँदी पछि बहुमुल्य पत्थर हिरा तर्फ आकर्षित हुन थालेको बताए ।
असोज १३ गते २५ औँ रजत महोत्सव विशेष र भव्य रुपमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।