विराटनगरमा कालो झण्डासहित प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

असोज ४, विराटनगर । सरकारी तवरबाट देशभर संविधान दिवस मनाईं रहँदा देशका कतिपय ठाउँमा भने विरोध प्रदर्शन भएको छ ।  सोही क्रममा विराटनगरमा मधेशी, जनजाती, दलित र मुस्लिम समुदायका नागरिकहरुले संविधानले आफ्नो हक र अधिकारबाटसमेत बञ्चित गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।   

राष्ट्रिय जनता पार्टी जिल्ला कार्यसमिति मोरङ्गले आसेज ३ गतेलाई कालो दिवस नामाकरण गरेर विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा कालो झन्डाको प्रयोग हुँदा राजपा नेपालका पदाधिकारीहरु र प्रहरीबीच झडप समेत भएको थियो ।   

विरोध प्रर्दशनमा बोल्दै राजपा नेपालका केन्द्रीय महासचिव तथा प्रदेश नम्बर २ का सांसद मनिसकुमार सुमनले नेपालको संविधान सबैका लागि समान नभएको बताए । उनले नेपालको संविधानले हाल जाती बिशेषलाई प्राथमिकता दिई जातीय विभेद गराउने अवस्था सिर्जना गरेको धारणा व्यक्त गरे ।   

सोही क्रममा राजपा मोरङ्गकी महिला अध्यक्ष मुन्नी कर्णले २०७२ सालमा संविधान घोषणा हुने क्रममा सहिद भएका परिवारलाई समेत न्याय दिन नसकेकोल उक्त संविधान आफूलाई कदापी स्वीकार्य नहुने बताइन् । उनले वर्तमान स्थितिमा नेपालको संविधानले अधिकांश मधेशी, आदिबासी, जनजाति, मुस्लिम र पीछडिएका वर्गका समुदायलाई उनीहरुको हक र अधिकारबाट वञ्चित गरेको आरोप लगाइन् ।     

विरोध प्रर्दशनमा भने राजपाका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशी, महासचिव मनिस कुमार सुमन, नेताहरु राजेन्द्र प्रसाद गुप्ता, हिरालाल मण्डल, शंकर शाह, रामानन्द शाह र मोहम्मद कादिर लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *