सरकारको तयारीः निजामती सेवाका कर्मचारीकाको संख्या कटौती गर्ने
मकालु खबर
२०७६ असोज ६ गते
असाेज ६, काठमाडौँ । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
उनले उक्त कार्यक्रममा लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको प्रस्टाएका थिए । मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गर्दै निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता गरेका छन् ।
मन्त्री पण्डितले निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका थिए ।
मकालु खबर
२०७६ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित