सुनको मूल्य ह्वात्तै घट्यो, प्रतिताेला कती भयाे हेर्नुस्

२०७६ भदौ २० गते

भाद्र २०, काठमाडौँ । शुक्रबार सुनको मूल्यमा एकैचोटी १ हजार ४ सय घटेको छ ।
बिहिबार प्रतितोला ७३ हजार ४ सयमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ७२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यसैगरी तेजावी सुन पनी आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । जब कि हिजो तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा बिक्री बितरण भईरहेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । बुधबार र बिहिबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्यमा आज तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

२०७६ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित