कार्यकर्तामाथि अन्याय हुन दिन्नँः डा. शेखर कोइराला

असोज ७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौँ भनेर मात्रै पार्टीभित्रको समस्या समाधान र गुटबन्दीको अन्त्य  नहुने बताएका छन्।   

उनले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताए । डा. कोइरालाले विभिन्न निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमि–कमजोरी भएको स्विकार गर्दै डा. कोइरालाले अबका दिनमा कार्यकर्तामाथि कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाए ।   

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा सम्बोधन गर्दै डा. कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनितीको अन्त्य हुने पनि बताए ।   

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ, नुवाकोट कांग्रेसका सभापती जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा. शोभाकर पराजुली, जागरण अभियानका लागि नुवाकोट खटिएका प्रतिनीधीहरुः शिबराज अधिकारी, डा. राजाराम कार्की, जीवन डंगोल, र बिनिता अधिकारी, तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *