यी आमाले जन्माईन् ७३ वर्षको उमेरमा जुम्लाह सन्तान
मकालु खबर
२०७६ भदौ २० गते
भाद्र २०, एजेन्सी । भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ ।
महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।
उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’
यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् । एजेन्सी
मकालु खबर
२०७६ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित