प्रभु बैंकको नयाँ बानेश्वर शाखा स्थानान्तरण

भाद्र १५, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित प्रभु बैंकको शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा सरेको छ । आजबाट उक्त नयाँ स्थानमा बैंक स्थानान्तरण भइ कारोबार समेत शुरु गरिएको छ ।   

उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आज एक समारोहका विच गरेका छन् ।   

आजदेखि स्थानान्तरण भई सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *