बागलुङ्गको गलकोटमा पुग्यो कामना सेवाकोे ९८ औं शाखा

भाद्र १५, काठमाडौं । कामना सेवा विकास बैंकले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्य अनुरुप बागलुङ्ग गलकोट नगरपालिकामा आजबाट नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ ।   

उक्त शाखा बैंकको ९८ औं  शाखा कार्यालय हो ।  उक्त शाखाको आज प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले कारोबार शुभारम्भ गरे ।   

कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, बैंकका सञ्चालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।   

यस बैंकले ब्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो । बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *