करेन्ट लागेर ३० वर्षिय युवाको मृत्यु
मकालु खबर
२०७६ भदौ १७ गते
भाद्र १७, दाङ । मंगलबार दाङमा करेन्ट लागेर मिस्त्री काम गर्ने एक ३० वर्षिय युवाको ज्यान गएको छ ।
लमही–६ देउपुर स्थित यनुका पुनको घरमा मिस्त्री काम गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा स्थानीय ३० वर्षीय जीवन चौधरी गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा लमही अस्पतालमा उपचारमा मृत्यु भएको दाङका प्रहरीले जनाएको छ।
मकालु खबर
२०७६ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित