चक्रबर्ती मिटर ब्याज लिएर गाउँ नै लुट्ने श्यामकृष्ण परदेशी पक्राउ

भाद्र १५, काठमाडौं । सोझा साझा गाउँलेलाई किर्ते कागजात गरेर अकूत कमाउन पल्केका सर्लाहीका मिटर ब्याजी श्यामकृष्ण शाह परदेशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई किर्ते काजगात बनाएर सर्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो ।  

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानविन गर्न उनलाई मंगलवा नगरपालिका १० स्थित आफ्नै घर छेउबाट प्रहरीले पक्राउ गरेको हो । दुई नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले सर्लाही लालबन्दी नगरपालिका–४ की रुकमिडी चौधरीसमेतको जाहेरी आधारमा साहलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । 

परदेशीले १९९ जना सर्वसाधारणलाई पीडित बनाएको खुल्न आएको छ । उनले सर्वसाधारणलाई दुई लाखको तकसुकमा २० लाखको बनाएर चक्रवर्ती ब्याज लिने गरेको पाइएको छ ।  प्रहरीका अनुसार उनले को सँग कति परिमाणमा चक्रवर्ती ब्याज असुल गरीरहेका छन् अनुसन्धान थालिएको छ ।   

परदेशीले नक्कली कागजात गरेर ३९ जना मान्छेविरुद्ध पक्राउ पूर्जी जारी गरेको खुलेको छ ।  साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएको पीडितहरुको भनाई छ ।   

पिडीतहरुले आफ्नो श्रीसम्पत्ति घरजग्गासमेत लिलामी हुने अवस्था आएपछि प्रधानमन्त्री कार्यालय हुँदै गृह मन्त्रालयसम्म हारगुहार गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *