काेशी अञ्चल ईट्टा व्यवसायी संघको ९ औं साधारण सभा
भाद्र २५ बिराटनगर । काेशी अञ्चल ईट्टा व्यवसायी संघको ९ औं साधारण सभा तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । सभाका उद्घाटन आन्तरीक तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री कार्किले ईट्टा व्यवसाय समाज विकास, समृद्धि र निर्माणको आधार हो । यो उद्योगले ग्रामिण अर्थतन्त्रमा उल्लेखिय योगदान रहेको बताए । उनले उद्योगले ग्रामिण क्षेत्रमा दिएको व्यवसाय तथा रोजगारीको सम्मान गर्दै प्रदेश सरकारको तर्फबाट सधैँ साथ रहने प्रतिवद्धता जनाएका छन् ।
संस्थाका अध्यक्ष महेन्द्र शाहको अध्यक्षतामा सम्पन्न सभामा प्रदेश सभाका सभासद् जयराम यादव, पत्रकारमहासंघका अध्यक्ष बन्दु पोख्रल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
भने उद्योग व्यवसायमा साथै समाजमा पुर्याएका योगदानको उच्च मुल्याङ्कन गर्दै विर्ख ब. श्रेष्ठ, जीवनाथ काफ्ले लगायतका ९ जना व्यक्तिहरु सम्मानित भएका छन् ।