‘कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो’

भाद्र २८, दाङ । मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । आज शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरू केही नभएको बताए । केह दिन यता पार्टीका केहि नेताहरुले राजसंस्थाका पक्षमा वकालत गरिरहेको हल्ला प्रति लक्षित गर्दै देउवाले राजसंस्था आउन नसक्ने बताएका हुन् ।   

‘पार्टीमा यो विषयमा छलफल नै भएको छैन । त्यसैले फेरि राजा फर्किने कुरै छैन । कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने । उनले गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको पछिल्लो कार्यको प्रशंसा गरे । अपराध गर्दा प्रहरी डराउन नहुने उनले बताए । 

‘प्रहरी राष्ट्रको हो । जनताको हो । कुनै दलको होइन । प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ,’ देउवाले भने । उनले जनताको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने जिकिर गरे ।   

Image result for शेरबहादुर देउवा

फरक प्रसंगमा उनले नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा  आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताए । ‘अधिनायकवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् । आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न्,’देउवाले भने । उनले दोषीलाई कारवाही नहुँदा सम्म कांग्रेस चुप लागेर नबस्ने जिकिर गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *