‘एउटा लामखुट्टे पनि मार्न नसक्ने दुई तिहाईको बलियो कम्युनिस्ट सरकार बाट के आश गर्ने’

चैत्र २५, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुजाता परियारले डेंगु रोगको आतंक रोक्न सर्वसुलभ परीक्षण र उपचारको ब्यवस्था गर्न माग गरेकी छिन् । संसदको शुन्य समयमा बोल्दै सांसद परियारले डेंगुको उपचार सबै अस्पतालहरुमा उपलब्ध नभएको जनाउँदै डेंगु लागेका मन्त्रीलाई भने राम्रो अस्पतालमा उपचार भएपनि सर्वसाधारणले स्वास्थ्य परीक्षण समेत गर्न नपाएको भन्दै संसदको ध्यानाकर्षण गराइन् ।  

‘डेंगु रोगको कारण धेरैको ज्यान गएको छ । धेरै विरामी छन् । यो रेग लागेको मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भएतापनि सर्वसाधारण जनताको स्वास्थ्य जाँच गर्ने उपकरण पनि पर्याप्त नभएको कुरा आइरहेको छ । सरकार के हेरिरहेको छ ?’ उनले संसदलाई प्रश्न गरेकी छिन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद परियारले संविधानमा नै स्वास्थ्यलाई मौलिक हकको रुपमा ब्यवस्था गरेपनि सरकार गम्भिर भएको नदेखिएको जिकिर गरीन् ।   

‘डेंगु रोगको आक्रमण फैलाउने एउटा लामखुट्टे मार्न नसक्ने दुई तिहाईको बलियो कम्युनिस्ट सरकार बाट अब जनताले के आश गर्ने’ परियारले प्रश्न गरीन् । उनले सरकारको आश्वासन र गफबाट जनताले आश मारिसकेको बताइन् । 

Image result for सांसद सुजाता परियार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *