लेटेस्ट फिचर्ससहित एलजीको ओलेड, नानो र यूएचडी टिभी सार्वजनिक


भदौ १७, काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डका इलेक्ट्रोनिक्स सामानको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले सन् २०१९ लाई लक्षित गर्दै LG OLED TV, LG Nanocell TV र LG UHD TV सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमका बिच LG OLED TV, LG Nanocell TV र LG UHD TV सार्वजनिक गरिएको हो ।
आफ्नो टिमले नयाँ नयाँ सम्भावना तथा विश्वस्तरको प्रविधि नेपाल भित्र्याउन सफल भएको कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । यसको मूल्य १९ हजार देखि ८ लाख सम्म रहेको पनि उनले जानकारी दिए । विश्वको टप १० टिभीको तालिकामा ८ वटा टिभी एलजीकै OLED TV रहेको उनको भनाइ छ ।
यस्ता छन् LG OLED TV, LG Nanocell TV र LG UHD TV का विशेषताहरूः
LG OLED TV
LG OLED TV सबै भन्दा नवीनतम TV हो, जसको मोटाई ४.३३ mm छ । यसको अग्रिम प्रविधिले यसलाई हलुंका र पातलो बनाएको छ । यसको प्रयोगबाट उपभोक्ताले हाइ पिक्चर क्वालिटी तथा अन्य टिभी भन्दा बेग्लै अनुभुति गर्न सक्नेछन् । यसको म्याजिक रिमोर्ट छ । यसले माउसले जस्तै काम गर्छ । यो c9 मोडेलको OLED TV 69 inch को छ । त्यस्तै यसमा अटोमेटिक कलर रेन्जको पनि सुविधा छ ।
OLED को नयाँ बनोटले एउटा कलाको प्रदर्शन गरेको छ । यसमा धेरै विशेषताहरू छन् । जस्तै LG AI ThinQ जसले Google Assistant र Amazon Alexa जस्ता सुविधा दिन्छ । Alpha9Gen2Processor जो आफैँमा एक उदाहरण हो । यसले तपाईंको TV को हरेक गतिविधिलाई नियन्त्रण गर्दछ । यसमा 4K Active HDR पनि छ, जसले दृश्यलाई अनुकुलन गर्दछ र चित्रको गुणस्तर बढाउँछ । यसले 8.3 million भन्दा बढी सेल्फ प्रकाश पिक्सलको साथ पर्फेक्ट ब्ल्याक सुनिश्चित गर्दछ ।
LG Nanocell TV
LG Nanocell TV को विस्तृत रंग छनोटले यसको रंग उन्नत गर्दछ साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कुनाबाट हेरेपनि प्रष्ट र राम्रो दृश्य देख्न सकिन्छ । यो एकनासको आकारको छ र यसले दृश्यको भिन्न अनुभव र गुणस्तर सुनिश्चित गर्दछ । यसको आवाजमा DTS Virtual x जडित छ ।
LG UHD TV
LG को UHDTV विशेष तरिकाले बनाइएको छ । यसको IPS 4K Display ले फराकिलो कोणबाट स्पष्ट र जिवित चित्र प्रदर्शन गर्दछ । यसका अनेकौँ विशेषताहरू छन्, जसमध्ये Google Assistant, Amazon Alexa, Airplay 2 तथा Homekit यसमा जडान छन् ।
