खुल्ला शौच गर्ने दुई बालबालिकाकाे हत्या

  

असाेज ९, भारत ।  भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी हत्या गरेका छन् । 

घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए । 

पुलिसका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर हमला गरे । 

पुलिसका अनुसार दुई अभियुक्तलाई पक्राउ गरिएको छ । 

घटनापछि तनावका कारण क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे । उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’ 

घटनापछि पुलिसले दुई बच्चाको शवलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएका थिए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *