एलआईसी नेपालको १८ औं वार्षिकोत्सव सम्पन्न

भाद्र १५, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आज स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । एलआइसी नेपालले देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।   

एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद व्यक्त गरे । 

कम्पनीले आ.ब. २०७५/७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *