सुनसँगै चाँदीको पनि भाउ घट्यो, हेर्नुस आजको भाउ

२०७६ भदौ २६ गते

भाद्र २६, काठमाडौँ । बिहिबार सुनको मूल्यमा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मंगलबार र बुधबार सम्म प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय घटेर प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसगरी हिजो र अस्ति प्रतितोला ७० हजार ७ सय रुपैयाँमा बिक्रीबितरण भईरहेको भईरहेको तेजावी सुनमा पनि आज तोलामा २ सय घटेर प्रतितोला ७० हजार ५ सय रुपैयाँमा बिक्रीबितरण भईरहेको छ ।
बिहिबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ । मंगलार र बुधबार सम्म प्रतितोला ८ सय ८० मा बिक्रीबितरण भईरहेको चाँदीको मूल्यमा आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ७ सय ७५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

२०७६ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित