म्यानमार भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी
फाइल तस्विर
असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् ।
म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा राष्ट्रपति भण्डारी असोज २९ गतेदेखि पाँच दिने म्यानमार भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुकीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्ने जानकारी दिइएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा म्यानमारका राष्ट्रपतिले राजकीय भोज दिनेछन्।
साथै राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट गर्नेछिन् । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरकारी अधिकारीहरु पनि सहभागी हुनेछन् ।